पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु

radionepal

किरण श्रेष्ठ, तनहुँ । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप २ जनाले ज्यान गुमाएका छन् । 

गोरखाको बारपाक सुलिकोट ८ निवासी ६३ वर्षीया महिलाको सोमबार राती श्री वीरेन्द्र अस्पताल छाउनीमा कोरोनाबाट ज्यान गएको हो । भदौ २५ गते कोरोना संक्रमण पुष्टि भएको उहाँलाई क्यान्सर रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यस्तै पोखराको मणिपाल अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजारका ७० वर्षीय पुरुषको मृत्यु भएको हो । उहाँको गएराति सवा ११ बजे उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।

भदौ २५ गते अस्पताल भर्ना हुनुभएको उहाँमा २८ गते कोरोना पुष्टि भएको थियो । स्वाब परीक्षण पश्चात पोजेटिभ नतिजा आएपछि उहाँको आइसोलेसनमा उपचार भइरहेको थियो ।

योसंगै गण्डकी प्रदेशमा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । मृत्यु हुनेमा कास्कीका १०, गोरखाका ६, नवलपुरका ५, तनहुँका ४, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १, १ जना छन् ।