पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सुनसरीमा आज थप ३२ जनामा कोरोना संक्रमण

radionepal

अशिष कुमार यादव, सुनसरी । सुनसरीमा आज थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय सुनसरीका अनुसार धरानमा २ महिला ५ पुरुष सहित ७ जना, दुहबीमा २ पुरुष, ७ महिला सहित ९ जना, इटहरीमा ३ जना पुरुष, इनरुवामा १ जना महिला र झुम्का कारागारमा रहेका १२ जना पुरुष कैदीमा कोरोना सङ्क्रमण पुष्टि भएको कोभिड १९ का फोकल पर्सन सिर्जना लिङ्थेपले  बताएका छन् ।

केही दिन अघि उपचारको क्रममा कोरोना सङ्क्रमणबाट मृत्यु भएका झुम्का कारागारका पुरुषको क्लोजमा रहेकाहरू कनट्र्याक्ट ट्रेसिङको क्रममा कोरोना सङ्क्रमण भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या १२५५ पुगेको छ ।

अहिले सम्म सुनसरीमा ५९१ जना डिस्चार्ज भए भने ७ जनाको मृत्यु भएको जिल्लामा ६५७ जना सक्रिय संक्रमित रहेका छन् ।