पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अवैध तरीकाले भारत जान लागेका २ जना मानव तस्कर सहित ५६ जना पक्राउ

radionepal

गुरमुरत यादव, बाँके । नेपालबाट बाट अवैध रूपमा चोरी बाटो प्रयोग गरी २ जना दलालहरू मार्फत भारत तर्फ गइरहेका ५४ जना व्यक्तिहरूलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । बाँके जिल्लाको डुडुवा गाउँपालिका वडा नम्बर १ होलिया बेतहनी क्षेत्रको खडैचाबाट मानव तस्करबाट भारत तर्फ लगिरहेका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोली र सिमानामा खटिएको सशस्त्र र जनपद प्रहरी समेतको संयुक्त टोलीले सोमबार राती पक्राउ गरेको छ ।

पक्राउ परेका २ जना मुख्य दलाल सहित ५६ जना व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि लगिएको छ । कोरोना सङ्क्रमणका कारण नेपाल भारत सीमा क्षेत्रमा खुला रूपमा आवतजावत बन्द गरिएको अवस्थामा दुवै देशका स्थानीय प्रशासनको समन्वयमा आवश्यकता हेरी सीमा वारपार गर्ने गरिएकोमा दलालहरूले यसलाई अवसरको रूपमा प्रयोग गर्दै व्यक्तिबाट पैसा उठाएर सीमा वारपार गराउने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

पक्राउ परेका मध्ये बाँके, बर्दिया दैलेख र सुर्खेतका ५ महिला र ५१ पुरुष गरी ५६ जना रहेको जिल्ला प्रहरी कार्यालय बाकेका प्रवक्ता सुवास खडकाले बताउनुभयो । उक्त अवैध बाटोबाट मानव तस्करी सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख ओम रानाले घटनाको छानबिन भइरहेको र घटनामा दोषी ठहर भए कानुनी कारबाही गरिने बताउनु भयो ।