पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कर्तव्य ज्यान मुद्धाका फरार अपराधी १० वर्षपछि पक्राउ

टेकराज भण्डारी, अछाम । अछाम प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार अपराधीलाई १० वर्षपछि पक्राउ गरेको छ । 

कर्तब्य ज्यान मुद्धाका फरार अपराधी जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर १ का ५१ वर्षीय गुमानसिंह थापालाई प्रहरीले पक्राउ गरेको अछामका प्रहरी प्रमुख डिएसपी योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो ।

१० वर्ष अघि चौरपाटि १ बस्ने सुरेश थापा लगायत ६ जनाले स्थानीय चक्र थापालाई कर्तब्य गरी मारेको आरोपमा उनलाई अदालतले जेल सजाँय सुनाएको थियो । मुद्धामा संलग्न सुरेश लगायत अन्य ४ जनालाई तत्कालै पक्राउ गरी कानूनी कारवाही गरिएकोमा सोही घटनामा संलग्न फरार रहेका काले थापाका छोरा वर्ष ५१ का गमान सिंहलाई १० वर्ष पछि घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो । 

पक्राउ परेका उनलाई जिल्ला अदालत अछाममा पेश गरी अदालतबाट कैद भुक्तानको लागि अछाम कारागारमा पठाईएको प्रहरीले जनाएको छ ।