पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

विप्लव समूहका जिल्ला सेक्रेटरी मेन्याङवो कारागार चलान 

माला पालुङवा, ताप्लेजुङ । ताप्लेजुङमा पक्राउ परेका विप्लव समूहका जिल्ला सेक्रेटरी किशोर मेन्याङवो लिम्बू कारागार चलान भएका छन् । 

फक्ताङलुङ गाउँपालिका–४ तापेथोक छिरुवाबाट शनिवार पक्राउ परेका  लिम्बुलाई आइतबार कारागार चलान गरिएको हो । ताप्लेजुङकै पाथीभरा याङ्वरक गाउँपालिका–२ थेचम्बु घर भएका मेन्याङ्बोलाई दर्जनौ मोबाइलका सिमकार्ड, विभिन्न दस्तावेज सहित पक्राउ गरिएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । मेन्याङ्बो विरुद्ध विभिन्न ठाउँमा बम विस्फोट गराएको घटनामा संलग्न रहेको भनी पहिले नै मुद्दा दर्ता गरेको थियो । 

ताप्लेजुङ यसअघि पनि ताप्लेजुङ इञ्चार्ज सकल भनिने सागर लिम्बू, ताप्लेजुङ घरभएका पाँचथर इञ्चार्ज तथा मेचीब्युरो सदस्य राजु दास, ताप्लेजुङ सेक्रेटरी नगरपति पौडेल, जन स्वयंसेवक संयोजक तारा थापा, जिल्ला सदस्य योगेश लिम्बु र जनमुक्ति मोर्चाको केन्द्रिय सदस्य तथा अखिल क्रान्तिकारी मेची, कोसी संयोजक गणेश कार्की ‘डोली’लाई समेत  प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पछि उनिहरुले चन्द समुह छोडेको भनि विज्ञाप्ती निकालेका थिए ।