पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बाँकेमा थप ४० जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालगन्ज । बाँकेमा आज ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा ३५ जना र बागेश्वरी डायग्नोष्टिक ल्याबमा गरिएको परीक्षणमा पाँच  जनामा कोरोना पुष्टि भएको हो ।

सङ्क्रमित हुनेहरुमा मालपोत कार्यालय नेपालगन्जका आठ जना कर्मचारी र सात जना सेवाग्राही गरी १५ जना, नेपालगन्जका १४ जना, कोहलपुरका चार जना, राप्तीसोनारी गाउँपालिकाका एक जना, जिल्ला प्रहरी कार्यालय बाँकेका एक जना, भेटेरिनरी कार्यालय नेपालगन्जका एक जना, बर्दिया स्थायी ठेगाना भएका दुई तथा दाङ र सङ्खुवासभा ठेगाना भएका एक /एक जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार चार सय चार पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

हालसम्म नौ सय ८५ जना निको भएका छन् । आठ जनाको भने मृत्यु भइसकेको छ । भेरीमै गरिएको परीक्षणमा बर्दिया ठाकुर बाबाका दुई जनामा पनि कोरोना देखिएको छ ।

भेरीमा पछिल्लो २४ घण्टामा दुई सय स्वाब परिक्षण गर्दा ३७ जनामा कोरोना देखिएको छ ।