पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेकपा स्थायी कमिटी बैठक : अध्यक्षद्वयद्वारा प्रस्तुत प्रस्ताव सर्वसम्मतिले पारित

radionepal

भुवनप्रसाद आचार्य
काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीले सरकार सञ्चालन गर्ने र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अधिकारसहित पार्टी सञ्चालनमा केन्द्रित हुने लगायतका प्रस्तावहरू पारित गर्दै आज सम्पन्न भएको छ ।

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्धयले पेस गर्नु भएको प्रस्ताव माथि स्थायी समितिका सदस्यहरूले राखेका सुझावहरुलाईसमेत समावेश गरेर पारित गर्ने निर्णय गरेको हो ।

बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ सहित १३ जना नेताले आआफ्नो धारणा राख्नु भएको थियो ।

छलफलको क्रममा नेताहरूले दिएको लिखित र बैठकमा आएको सुझावलाई समेत समेटेर प्रस्ताव पारित गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

Image may contain: one or more people, people sitting, table and indoor

बैठकले अब पार्टी विधि र पद्धतिमा अगाडि बढाउने र सरकार पार्टीको मागर्दशनमा चल्ने तथा सरकारको दैनिक कार्यमा पार्टीले हस्तक्षेप नगर्ने तर आधारभूत विषयमा पार्टीमा परामर्श गरेर मात्र निर्णय लिइने बैठकले निर्णय गरेको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म काठमाडौँमा पार्टी महाधिवेशन गर्ने निर्णय समेत गरेको छ ।