पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

ताका जात्रा यो वर्ष नहुने

radionepal

सीपी लोहिया, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ५ न्वालीमा लाग्ने ताका जात्रा यो वर्ष नहुने भएको छ । 

अनन्त चतुर्दशीको अवसरमा लाग्ने परम्परागत ताका जात्रा नमाउन वडा कार्यालयले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले भदौ २१ गते सम्म निषेधाज्ञा जारी गरेकाले ताका जात्रा मेला नमाउन आग्रह गरिएको वडा अध्यक्ष भानबहादुर भाटद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । 

प्रत्येक वर्ष अनन्त चतुर्दशीको अवसरमा प्रत्येक वर्ष सबै मानिस जमा भएर ताका जात्रा मनाउने चलन भएपनि यो वर्ष कोरोना भाईरसका कारण जात्रा मनाउन रोक लगाइएको जनाइएको छ । यस्तै जिल्लाका अन्य ठाउँमा पनि सञ्चालन हुने जात्रा मेला समेत कोरोनाका कारण रोकिएका छन् । 

यसैबीच, दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं ५ सेतकलास्थित लटिनाथ मन्दिरमा पनि जात्रा नहुने भएको छ । भोली र पर्सी हुने जात्रा कोरोना भाईरसको महामारीका कारण यो वर्ष नहुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनोज साउदले जानकारी दिनुभयो । 

कोरोनाको जोखिम बढ्दै गएकाले यो वर्ष जात्रा नमाउने निर्णय भएको स्थानीय अनिता साउँदले जानकारी दिनुभयो ।