पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अछामका प्रजिअ र डिएसपी कोरोनाबारे सचेतना फैलाउँदै

radionepal

टेकराज भण्डारी, अछाम । अछामका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख डिएसपी स्थानीय बजारमा कोरोना भाईरसको संक्रमणबाट बच्न अपाउनु पर्ने उपाय तथा सावधानीका बारेमा सचेत गराउँदै हिडनु भएको छ ।

हालै सरुवा भई अछाम आउनु भएका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय र प्रहरी प्रमुख डिएसपी योगेन्द्र सिंह थापा अनुगमनका क्रममा स्थानीय तहमा कोरोनाबारे जानकारी गराउदै आउनु भएको हो ।

स्थानिय बजारका व्यापारी सहित बालबालिकालाई कोरोनाबारे बच्ने उपाय तथा सावधानी सहीत मास्क प्रयोग सम्बन्धी जानकारी गराउनु भएको छ । जिल्लाको तुर्माखाँद र पुनेपाटा बजारमा सचेतना गराईएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

केही दिन अघि जिल्ला समन्वय समितिको पदाधिकारीको टोलि सहित सुरक्षा निकायको टोलिले जिल्लाको पंञ्चदेवल विनायक नगरपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउपालिकामा रहेका क्वारेन्टाईन स्थलको अनुगमन तथा निरिक्षण गरेको थियो ।

टोलीले कोरोना प्रभाबित देश भारतबाट नागरिक जिल्ला भित्रिने भएकाले क्वारेन्टाईन व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गरेको छ । सरकारको मापदण्ड अनुसार हरेक स्थानीय तहले क्वारेन्टाईनको व्यवस्थापन गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो ।

साथै क्वारेन्टाईनमा बस्ने हरेक नागरिककलाई सुरक्षित तथा शान्तिपूर्ण रुपमा बसिदिन समेत उहाँहरुले सुझाब दिनु भएको छ ।