पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सुनसरीमा उराव समुदायको करम पुजा सुरु 

radionepal

अशिष कुमार यादव, सुनसरी । सुनसरीका उराव समुदायले आफ्नो महान चाड करम पूजा सुरु गरेका छन् । 

प्रतिष्ठानले स्वास्थ्य मन्त्रालयले तोकेको प्रोटोकल पालना गरेर र स्वास्थ्य सुरक्षा विधि अपनाएर उराव समुदायले मनाउने करम पूजा प्रारम्भ गरेको जनाएको छ । 

कोरोना कारणले नेपाल उराव आदिवासि जनजाति प्रतिष्ठानको भवनमा जमरा राख्ने कार्य बुधबार सम्पन्न गरेको जवरा राखेर भाद्र पूर्णिमाका दिन साँझ विधि पुर्वक पूजा सुरु गरी अर्को बिहान पूजा आजा गरी सम्पन्न गर्ने विधि भएपनि कोरानाले औपचारिक अन्य ठूला कार्यक्रम नगर्ने भएको छ । 

नेपालीहरुको महानपर्व विजया दशमीको आगमन पूर्व नै उराव जातिको करम पूजा प्रारम्भ हुन्छ यो पर्वको आफ्नै महत्व रहेको प्रतिष्ठानका अध्यक्ष बेचन उरावले जानकारी दिनुभयो । 

उरावका अनुसार पूजामा उराव समुदायले करम र करमको हागाँ वा वेलको रुखको हाँगालाई राखेर करम देवताको पूजा गर्नेे पूजाका लागि १ हप्ता अघि देखि नै जमरा राख्ने संस्कार र प्ररम्परा अनुसार जमरा राखेका छन् ।

दशैंमा जमरा राखे जस्तै करम पूजाका लागि युवा युवतीहरु सामूहिक ब्रत बसेर जमरा राख्ने परम्परा रहेको प्रतिष्ठानका उरावले बताउनुभयो । एक हप्ता पछि उम्रिएका जमरालाई फुलको रुपमा करम पूजामा प्रयोग गर्ने युवा युवतीहरु जमरा राखे जस्तै करम पूजामा ब्रत बस्ने गर्दछन् । 

यो वर्ष भदौ–१० गतेबाट करम पूजा सुरु भएको पूजामा उराव समुदायले राम्रो लगाउने मिठो मसिनो खाने र वर्त समेत बस्ने प्रचलन छ । 

नेपालमै सबै भन्दा बढी उरावहरुको बसोबास सुनसरी जिल्लामा रहेकाले ठूलो कार्यक्रम समेत यहाँ नै गर्दै आएकोमा यसपाली कोरोनाका कारणले कार्यक्रम नगर्ने प्रतिष्ठानका अध्यक्ष बेचन उरावले जानकारी दिनुभयो ।