पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बुद्ध जन्मभूमिबारे विवाद र शंका छैनः परराष्ट्र मन्त्रालय

radionepal

काठमाडौं । बौद्ध शिक्षाका प्रणेता गौतम बुद्ध नेपालमा नै जन्मिएका एतिहासिक र पुरातात्विक प्रमाणहरु रहेकाले यसमा कुनै विवाद र शंका नरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतका विदेश मामिला मन्त्रीले हालै गौतम बुद्ध भारतमा जन्मिएको भनेर दिएको अभिव्यक्तिका सम्बन्धमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको प्रतिउत्तरमा परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै युनेस्कोको विश्व सम्पदाको सूचीमा समेत रहेको लुम्विनीबाट संसारभर बद्धिज्म फैलिएको सम्बन्धी अन्तराष्ट्रिय जगत नै जानकार रहेका बेला बुद्धको जन्म स्थल बारे विवाद र शंका जरुरी नभएको परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ ।

विज्ञप्तीमा भनिएको छ, सन २०१४ मा नेपाल भ्रमणका बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वयंले शान्तीका प्रतिक बुद्ध नेपालमा जन्मिएको हो भनी संसद भवनमा सम्बोधन गर्नुभएको थियो ।