पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आज थप ३ सय ८० जनामा कोरोना भाइरसको संक्रमण

radionepal

बालिका मादेन, काठमाडौं । आज थप ३ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज विभिन्न स्थानमा रहेका ३७ ओटा प्रयोगशालामा गरिएको परिक्षणमा ३ सय ८० जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

यस्तै आज थप ४० जना कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किएका छन् । देशका विभिन्न  आइसोलेसन सेन्टरबाट ४० जना संक्रमण मुक्त भएसगै संक्रमण मुक्त भई घर फर्किनेको कूल संख्या १६ हजार ३ सय ५३ पुगेको जानकारी दिनुभयो । 

यसैगरी मन्त्रालयका अनुसार आज देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ५ सय ४४ रहेको छ । 

आज थप २ जनाको मृत्यृ भएसँगै संक्रमण पुष्टि भई मृत्यृ हुनेको संख्या ७५ पुगेको छ । 

संक्रमणबाट कास्की जिल्ला पोखरा महानगरपालिका १९ का ६२ पुरुष र पर्साको विरगञ्ज महानगरपालिका २ की २० वर्षिय महिलाको मृत्यृ भएको मन्त्रालयले जनाएको छ ।