पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

खोलाले बगाउँदा बालिकाको मृत्यु

मेगराज खड्का, रुकुम । रुकुम पश्चिममा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको आठबीसकोट नगरपालिका वडानम्बर –१२, सानीबार्खुकी १३ वर्षिया कृष्णा कुमारी पुनको मृत्यु भएको हो । 

स्थानीय कालाखोलामा घट्ट पिस्न गएको बेला खोलाले बगाउँदा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक ठगबहादुर केसीले जानकारी दिए । उनका अनुसार ईलाका प्रहरी कार्यालय आठबीसकोटबाट गएको प्रहरी टोलीले खोलामा बगेकी बालिकाको खोजतलास गर्दा ५ सय मिटर तल शब फेला पारेको हो ।