पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बाँकेमा एकै दिन ३० प्रहरीलाई कोरोना

नवीन गिरी, नेपालगन्ज । बाँकेमा आज ३० प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परिक्षणमा वडा प्रहरी कार्यालय नेपालगन्जका २९ जनासहित ३० जना प्रहरीलाई कोरोना पुष्टि भएको हो । 

ती मध्ये एक जना बागेश्वरी मन्दिरमा ड्युटी भएका प्रहरी हुन् । वडाका प्रहरी इन्चार्जलाई पनि कोरोना देखिएको छ । यसअघि वडा प्रहरी कार्यालयका ६ जना प्रहरीलाई कोरोना भाइरस देखिएपछि वडा प्रहरी कार्यालय शिल गरिएको थियो । 

आज मात्रै ३० जना प्रहरीसहित बाँकेमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । भेरीमा आज गरिएको परिक्षणमा दाङका ३ जनालाई पनि कोरोना पुष्टि भएको छ ।