पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कृषिजन्य वस्तुको निकासीमा भारी गिरावट

काठमाडौं । गत आर्थिक वर्षमा नेपालबाट निर्यात हुने मुख्य कृषिजन्य वस्तुको निकासीमा भारी गिरावट आएको छ । 

नेपालबाट निर्यात हुने मुख्य वस्तु अलैँची, चिया, अदुवाको निर्यात परिमाण ठूलो मात्रामा घटेको  हो । अघिल्लो आर्थिक वर्ष ०७५–७६ को तुलनामा गत आर्थिक वर्ष ०७६–७७ मा नेपालबाट निकासी हुने अलैँची, चिया, अदुवाको परिणाम र आम्दानी घटेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

सो अवधीमा  जडीबुटीबाट बन्ने औषधिजन्य पदार्थको भने परिणाम र आम्दानी दुवैमा केही वृद्धि देखिएको छ । आर्थिक वर्ष ०७५–७६ मा ५२ लाख ४० हजार ३२९ किलो अलैँची निर्यात भएकामा आर्थिक वर्ष ०७६–७७ मा ५० लाख १२ हजार ६९४ किलोमात्र निर्यात भएको छ । अलैँचीको निर्यात कम भएसँगै यसबाट प्राप्त हुने आम्दानीमा समेत ठूलो मात्रामा घटेको छ । 

आर्थिक वर्ष ०७५–७६ मा चार अर्ब २८ करोड ४१ लाख ९९ हजारको अलैँची निर्यात भएकामा गत आर्थिक वर्ष ०७६–७७ मा चार अर्ब एक करोड ९२ लाख १४ हजारको मात्र निर्यात भएको छ । गत आर्थिक वर्षमा अलैचीको निर्यातमा छ दशमलव दुई प्रतिशत घटेको हो ।

अलैँचीको निर्यात परिमाण र आम्दानीमा घटनु मुख्य कारणको रुपमा अस्थिर बजार र असहज वाणिज्य नीति मुख्य कारण रहेको अलैँची व्यवसायी महासङ्घका केन्द्रीय सचिव मातृका घिमिरेले बताउनु भयो । 

यस्तै नेपालबाट निर्यात हुने कृषिजन्य पदार्थ चियाको निर्यात परिमाण समेत घटेर आर्थिक वर्ष ०७५–७६ मा एक करोड ५० लाख ४३ हजार ७९६ किलो चिया निर्यात भएकोमा गत आर्थिक वर्षमा निर्यात भटेर एक करोड ११ लाख ८५ हजार १९८ किलोमात्र भएको देखिन्छ । 

आर्थिक वर्ष ०७५–७६ मा  तीन अर्ब २० करोड ३९ लाख आठ हजारको चिया निर्यात भएकोमा गत वर्ष ०७६–७७ मा तीन अर्ब ७८ करोड २८ लाख ४१ हजारको मात्र निर्या भएको छ । 

यसरी एकै वर्षमा चियाको निर्यात खस्किनुमा चियामा विवाद भइरहनु र भारतीय बजारको भर नहुने जस्ता कारण रहेको चिया उद्योगी तथा बिक्रेता उदय चापागाईंले बताउनु भयो ।