पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

व्यवसाय क्षेत्रले पालना गर्नुपर्ने मापदण्ड कार्यान्वनयमा

काठमाडौं । सरकारले कोरोनाको महामारीको बेला उद्योग र व्यवसाय क्षेत्रले पालना गर्नुपर्ने मापदण्ड जारी गरेर कार्यान्वनयमा ल्याएको छ ।

देशभरका उद्योग र अन्य व्यवसायहरुले कोभिडको बेलामा सोही मापदण्ड बमोजिमका व्यवस्था पालना गरेर मात्र उद्योग र व्यवसाय सञ्चालन गर्न र मापदण्डको अनिवार्य पालना गर्न पनि सरकारले आग्रह गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले ७५३ स्थानीय तह, सातै प्रदेश तथा ७७ वटै जिल्लाहरुलाई उद्योग धन्दा तथा विक्री व्यवसायहरुले अपनाउनु पर्ने मापदण्डको पालना गर्न गराउन सबै प्रमुख जिल्ला अधिकारीहरुलाई आवश्यक निर्देशन दिएको उद्योग सचिव चन्द्रकुमार घिमिरेले जानकारी दिनु भयो ।

साथै मापदण्डको पालना भए नभएको विषयमा वाणिज्य तथा उपभोेक्ता हित संरक्षण विभागले नियमित अनुगन गरी आवश्यक प्रक्रिया अघि बढाउने व्यवस्था मिलाएको पनि सचिव घिमिरेले जानकारी दिनुभयो ।

मापदण्डको प्रभावकारी कार्यान्वयका लागि नेपाल उद्योग वाणिज्य महासंघ, सिएनआई, एफएन्सिएसआई र महिला उद्यामी महासंघसंग पनि छलफल गरेको उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयले जनाएको छ ।