पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

थप ३ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण

radionepal

केशव ढुंगाना, काठमाडौं । आज थप ३ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा हाल सम्म २२ हजार ५ सय ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज ७ हजार ७ सय ८८ वटा नमूना परीक्षण गर्दा काठमाडौ उपत्यकाका ६२ जना सहित जम्मा ३ सय ७८ जनामा संक्रमण देखिएको जानकारी दिनुभयो । 

प्रवक्ता गौतमले दिनुभएको जानकारी अनुसार आज काठमाडौमा थप ५६ जना तथा भक्तपुर र ललितपुरमा ३–३ जनामा संक्रमण पुष्टि भएको छ । 

आज थप ४ सय ९९ जना संक्रमण मुक्त भएसंगै नेपालमा कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किनेको कूल संख्या १६ हजार ३ सय १३ पुगेको छ । 

यसैगरी आज काठमाडौ, पर्सा र मोरङका १–१ जनाको मृत्यु भएपछि हाल सम्म कोरोना भाइरसको संक्रमण पछि मृत्यु हुनेको कूल संख्या ७३ पुगेको छ ।