पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बागमती प्रदेशलाई तिब्बत सरकारद्वारा १३ करोडको स्वास्थ्य सामग्री सहयोग

बिश्व अधिकारी, मकवानपुर । बागमती प्रदेश सरकारलाई चिनको तिब्बत सरकारले करीब १३ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । 

बागमती प्रदेशको रसुवा जिल्ला स्थित रसुवागढी नाकामा अयोजित एक कार्यक्रमकाबीच तिब्बत सरकारले भेन्टीलेटरसहितको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । 

तिब्बत सरकारका तर्फबाट डेपुटी डिभिजन चिफ अफ द ईन्टरनेशनल को–अपरेसन एण्ड एक्सचेन्ज अफ एफ ए ओ लि हुवान र सोहि डिपार्टका पेमा युजेनले बागमती प्रदेशका उपसचिब डा. अर्जुन सापकोटा, रसुवाका प्रमुख जिल्ला अधिकारी र ससस्त्र प्रहरीका रसुवा जिल्ला प्रमुखलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार प्राप्त सामग्रीहरुमा १६ थान भेन्टीलेटर, कन्सेन्ट्रेटर १५ थान, सिरिन्ज पम्प १० थान, इन्फ्युजन पम्प १० थान, ईलेक्ट्रो कार्डियोग्राफ ३ थान, मोनिटर प्यासेन्ट ६० थान, कलर डप्लर अलट्रासाउण्ड डायग्नोष्टिक सिस्टम १० थान, एनेस्थेटिक लारिङगोस्कोप १० थान, अक्सीजन रिजर्ब भोयर ब्याग ५० थान, ब्लड ग्याँस एनलाईजर १० थान, डेफिग्रीलेटर मोबाईल १० थान, अक्सीमिटर, पल्स २० थान, आईसियु बेड ५० थान, पिपिई १ हजार थान, एन ९५ मास्क २ हजार थान, डिस्पोजेबल नाईट ट्रायल इक्जाम ग्लोबस् २ हजार थान, डिस्पोजेबल गोफेन्ट क्याप २ हजार थान, मेडिकल आइसोलेन बुट, सु कभर २ हजार थान रहेका छन् । 

प्राप्त स्वास्थ्य सामग्रीहरु प्रदेशका अस्पतालहरुमा आवश्यकता अनुसार पठाईने प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको तिब्बत भ्रमणका क्रममा तिब्बत सरकार र बागमती प्रदेश सरकारबीच भगिनी सम्बन्ध स्थापित गर्ने तथा सहयोगको आदान प्रदान गर्ने सम्बन्धमा छलफल तथा सहमतिहरु भएका थिए । 

सोही सहमति अनुसार दुई सरकारबीच भगिनी सम्बन्ध स्थापित गर्ने सम्बन्धमा काम भइरहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।