पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रहरी हवल्दार सहित ९ जनामा कोरोना पुष्टि

सिकेन्द्र पासवान, बारा । बाराको कलैया अस्पतालमा खटिएका प्रहरी हवल्दार सहित ५ जनामा  कोरोनाको संक्रमण पुष्टि भएको छ ।  

संक्रमित हुनेमा १ प्रहरी हवलदार, २ प्रहरी जवान, ९ वर्षका एक बालक, पोष्टमार्टम गर्नेका छोरा र स्वास्थ्य कार्यालयका सहयोगी एक युवती लगायत कलैया उपमहानगरपालिका, परवानीपुर गाँउपालिका, प्रसौनी गाँउपालिका र आर्दश कोतवाल गाँउपालिकाका १–१ जनामा कोरोनाको संक्रमण देखिएको कलैया अस्पतालका प्रमुख बिरेन्द्र ठाकुरले जानकारी दिनुभयो । 

संक्रमितहरुलाई कलैया उपमहानगरपालिका वडा नम्बर ३ गंगापुरमा रहेको आइसोलेसनमा राखी उपचार भईरहेको प्रमुख मण्डलले भन्न्ुभयो ।