पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सुख्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी प्रिस्टिन भ्याली ड्राइ पोर्टलाई

वीरगञ्ज । वीरगञ्जस्थित सुख्खा बन्दरगाह (इन्ल्याण्ड क्लियरेन्स डिपो) को व्यवस्थापन र सञ्चालनको जिम्मेवारी प्रिस्टिन भ्याली ड्राइ पोर्टले पाएको छ ।

शुक्रबार एक कार्यक्रमका बीच नयाँ व्वस्थापनलाई पर्सा जिल्लाको सिर्सियामा रहेको ३८ हेक्टरमा रहेको बन्दरगाहको व्वस्थापन र सञ्चालनको जिम्मेवारी दिइएको हो । 

नेपालको सुख्खा बन्दरगाहको नियमक नेपाल यातायात विकास निगमका निर्देशक हेमेन्द्र मोहन शाहीले १६ वर्ष अघिदेखि सञ्चालनमा आएको बन्दरगाहको व्यवस्थापन पहिलो पटक निजी साझेधारीको काँधमा सुम्पेको बताउनु भयो । 

भारतीय रेल सञ्जालमा जोडिएको बन्दरगाहले नेपालको कन्टेनर यातायातको ५० प्रतिशत हिस्सा व्यवस्थापन गर्दै आएकोर आगामी दिनमा नयाँ व्यवस्थापनले बाणिज्य व्यापारमा थप टेवा पुर्याउनेमा विश्वास निगमले लिएको छ ।

२०६१ सालदेखि सञ्चालनमा आएको वीरगञ्ज सुख्खा बन्दरगाहमा ४५०० कन्टेनरहरु व्यवस्थापन र भण्डारण गर्ने क्षमता छ । भारतको कोलकाता र विशाखापट्नम बन्दरगाहबाट रक्सौंल हुँदै सोझै वीरगञ्ज बन्दरगाहसम्म भारतीय रेलमार्फत मालवाहक रेलहरु आवतजावत गर्दछन् ।

भ्याली टर्मिनल्सका निर्देशक माधव बरालले कोभिड–१९ को महामारी शुरु भएपछि बन्दरगाह कूल क्षमताको ३५ प्रतिशतको हाराहारीमा मात्रै सञ्चालनमा रहेको जानकारी दिनुभयो ।