पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अघिल्लो वर्षभन्दा ४ अर्ब ४० करोड बढीको तरकारी आयात

भुवनप्रसाद आचार्य । गत आर्थिक वर्ष २०७६।७७ मा अघिल्लो आर्थिक वर्षको तुलनामा नेपालमा तरकारीको आयात ४ अर्ब ४० करोड भन्दा बढीले बढेको छ ।

नेपालले तरकारी उत्पादनमा निरन्तर जोड दिए पनि तरकारीको उत्पादनको तुलनामा आयात नै बढेको देखिएको छ ।

यस अवधिमा  नेपालमा तरकारी र तरकारीजन्य आयात ३३ अर्ब ५ करोड ७० लाख ९१ हजार रुपैयाँ बराबरको भएको थियो भने अघिल्लो आर्थिक वर्षमा तरकारीजन्य आयात २८ अर्ब ६६ करोड ५१ लाख २९ हजार रुपैया बराबरको भएको थियो ।

कृषि तथा पशुपञ्क्षी विकास मन्त्रालयका अनुसार यस अवधिमा नेपालबाट भएको तरकारीजन्य निर्यात अघिल्लो वर्षको तुलनामा करिव ३६ करोडले घटेको छ ।

गत वर्ष नेपालबाट तरकारीजन्य निर्यात १ अर्ब ७ करोड ३१ लाख २७ हजार रुपैया बराबरको भएको थियो भने त्यसतो निर्यात २०७५।७६ मा १ अर्ब ४३ करोड २५ लाख ३५ हजार रपैया बराबरको भएको कृर्षि मन्त्रालयका सहसचिव डा राजेन्द्र मिश्रले जानकारी दिनु भयो ।

गत वर्ष विभिन्न मुलुकहरुबाट फलफूलको पनि अघिल्लो वर्षको तुलनामा २ अर्ब ६४ करोड रुपैया बढीको आयात भएको छ । जबकी यस्तो आयात अघिल्लो आर्थिक वर्षमा १ अर्ब ८१ करोड ६१ लाख भन्दा बढीको भएको थियो गत वर्ष खाद्यान्नको आयत पनि उल्लेख्य मात्रामा बढेको छ । 

गत वर्ष अघिल्लो वर्षको तुलनामा ५अर्ब ८ करोड भन्दा बढीको खाद्यान्न नेपालमा आयात भएको छ । यस अवधिमा नेपालबाट हुने खाद्यन्नको निर्यात पनि अघिल्लो वर्षको तुलनामा घटेर ८३ लाख ५९ हजार रुपैया मात्रको भएको पनि कृषि मन्त्रालयले जनाएको छ ।