पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पाकिस्तानको एक स्थानीय क्रिकेटको फाइनलमा गोली प्रहार

अजय बम । पाकिस्तानको खैबर पख्तुनख्वाप प्रान्तको ओराक्जई जिल्लामा शुक्रबार एक स्थानीय क्रिकेट प्रतियोगिताको फाइनल खेलमा अन्धाधुन्ध गोलि प्रहार भएको छ । तर त्यो गोलीकाण्डमा कुनैको ज्यान भने गएन ।

पाकिस्तानी वेबसाईट द न्यूजले जनाएअनुसार एक प्रत्यक्षदर्शीले स्थानीय क्रिकेट प्रतियोगिताको फाइनल खेल हेर्नका लागि धेरैको संख्यामा मानिसको उपस्थिती थियो । तर जब खेल सुरु भयो, त्यसको केहि समयमा मैदानको नजिकै रहेको पहाडबाट आतंककारीले अन्धाधुन्द गोली प्रहार गरेको बताए । खेलाडी दर्शक र पत्रकार घटनास्थानमा भागेर ज्यान जोगाएका थिए ।

प्रत्यक्षदर्शीका अनुसार गोलिबारी यति चाँडो गरिएको थियो की आयोजकलाई खेल रोक्नुको विकल्प भएन । त्यहाँको एक पुलिस अधिकारीले आरक्जई स्काउट्स र फ्रटियर कोरसँग मिलेर आतंककारीले खेलाडीविरुद्ध हमला गरेको बताए ।

पाकिस्तानमा सन् २००९ मा श्रीलंका टिमको बसमा आतकंकारी हमला भएको थियो । त्यसपछि पाकिस्तानमा अन्तराष्ट्रिय क्रिकेट हुन निकै समय लागेको थियो । एक दशकसम्म पाकिस्तानले आफ्नो होम ग्राउण्डका रुपमा यूएई बनाएको थियो । उसले त्यो बेला सबै खेल यूएईमा खेलेको थियो ।