पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

इलामको सूर्योदय नगरपालिकामा आज राती १२ बजे देखि लकडाउन हुदै  

radionepal

राजकुमार दाहाल, साउन । इलामको सूर्योदय नगरपालिकामा लकडाउन हुने भएको छ । कोरोना भाईरसको उच्च जोखिम रहेको भन्दै नगरकार्यपालिको बिहिबार बसेको आकस्मिक बैठकले आज राती १२ बजे देखि लागु हुने गरी लकडाउन गर्नेे निर्णय गरेको  हो ।

नगरपालिका क्षेत्रमा कोरोनाभाईरसको जोखिम बढदै गएको छ कोरोना भाईरसको प्रकोप समुदायमा नफैलियोस भन्ने उदेश्यका साथ लकडाउन गर्ने निर्णय भएको नगरपालिका प्रमुख रण बहादुर राईले जानकारी दिनु भयो ।

नगरपालिकामा अनिश्चितकालिन रुपमा लकडाउन गर्ने निर्णय भएको छ । सूर्योदय नगरपालिकामा आजैमात्र वडा न ११ स्थित शसस्त्र प्रहरी बल आईतबारेमा कार्यरत एक प्रहरी जवानमा कोरोना भाईरस देखिएपछि उक्त क्षेत्र शिल गरिएको छ ।  

यस्तै नगरपालिकाले आज एक बिज्ञप्ती जारी गर्दैे नगर क्षेत्रको कृषि जन्य उत्पादन दुधजन्य उत्पादन  दैनिक उपभोग्य खाद्यान्न बस्तुहरु अत्यावश्क इन्धन  औषधी ओसारपसार आपूर्ती कार्यबाहेक  अन्य सबै प्रकारका स्थानीय यातायातहरु होटल रेस्टुरेन्ट होम स्टे हाटबजारहरु टोल समाज भिडभाड हुने स्थान सामाजिक सांस्कृतिक कार्यहरु धार्मिक  क्रियाकलापहरु  बन्द गर्ने भएको हो । 

दैनिक अत्यावश्यक सेवा बाहेक सरकारी कार्यलय सघंसस्था, सामुदायिक तथा संस्थागत विद्यालय  शैक्षिक संस्था बिभिन्न कार्यक्रम गर्ने इन्सीच्युट  लगायतबाट प्रदान गरिने सेवाहरु लगायत सबै अर्को सुचना जारी नभए सम्मको लागि बन्द गर्ने निर्णय गरेको हो ।  खाद्यान्न पसलको हकमा बिहान ८ बजे बाट १२ बजे सम्म मात्रै सामाजिक सुरक्षाको उपाय अपनाएर सञ्चालन गर्न दिईने भएको छ । साथै अर्को पालिका जिल्ला भएर सूर्योदय नगरपालिका हुदै चल्ने लामो दुरीका सवारी साधानलाई सूर्योदय नगरपालिकाको कुनै पनि स्थानमा यात्रु चढने ओराल्ने रोक्ने कुनै कार्य गर्न नपाईने बताईएको छ । 
यता सूर्योदयनगरपालिका क्षेत्रमा कार्यरत सरकारी गैरसरकारी क्षेत्र तथा सघंसस्थामा कार्यरत कर्मचारीहरु  सूर्योदय नगरपालिकाका जनप्रतिनिधि लगायतलाई अर्को जिल्ला वा अर्को पालिकामा जादा अनिवार्य रुपमा अनुमति लिएरमात्रै जान नगरले आव्हान गरेको छ ।

नगरपालिकालेसबै नगरबासीमा अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्किन आग्रह गरेको छ ।