पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सिमरा विमानस्थलमा बुद्धको ७२ सिटे एटिआरको परीक्षण उडान

रञ्जन यादव, बारा । बाराको सिमरा विमानस्थलमा  आज बुद्ध एयरको ७२ सिटे एटिआरको परीक्षण उडान गरिएको छ । बुद्ध एयरको एटिआर ७२, ५०० सिरिजको जहाजले सिमरा विमानस्थलमा परीक्षण उडान गरेको हो । यसअघि बुद्धका एटिआर ४२, ३२० सिरिज र बिच १९ डी एयरक्राफ्टले मात्र सिमरा विमानस्थलमा सेवा प्रदान गरिरहेका थियो ।   

आज काठमाडौँबाट १७ जना प्राविधिक सहितको टोली लिएर  बुद्ध एयर सिमरा आएको थियो । बारा आएको बुद्धको जहाजले दक्षिण र उत्तर गरी दुवैतर्फबाट उडान तथा अवतरण गरी सफलतापूर्वक परीक्षण उडान गरेको विमानस्थल कार्यालय, सिमराका प्रमुख वसन्त गौतमले बताउनुभयो । चैत ११ गतेअघि बुद्धले  दैनिक सात वटा सेड्युलबाट नियमित उडान गर्दै आएको थियो । 

बुद्धले भदौ १ गतेदेखि हुने उडानका लागि ७२ सिटे एटिआर ७२ ले उडान भर्न लागेको बुद्ध एयर सिमरा कार्यालयले जनाएको छ । सिमरा विमानस्थल नेपालकै पुरानो विमानस्थल हो । भदौ १ गतेदेखि ७२ सिटे एटिआर ले उडान भर्न लागेको बुद्ध एयर सिमरा कार्यालयले जनाएको छ । चैत ११ गते देखी दैनिक सात वटा सेड्युलबाट बुद्ध एयरको  नियमित उडान सिमराबाट हुँदै आएको छ ।