पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राष्ट्रिय विकास समस्याको बारेमा छलफल शुरु

भुवनप्रसाद आचार्य, काठमाडौं । राष्ट्रिय योजना आयोगमा बुधबारदेखि विभिन्न मन्त्रालय स्तरका र राष्ट्रिय विकास समस्याहरुको बारेमा छलफल शुरु भएको छ ।

राष्ट्रिय विकास समस्या समाधान समिति पूर्व बैठक अर्थात प्रि एनड्याक भनिने सो बैठकमा नेपाल सरकारका सबै मन्त्रालयहरुका विकासका समस्याहरुका बारेमा छलफल गरी प्रधानमन्त्रीको अध्यक्षतामा हुने आगामी राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रस्ततु गर्ने विषयहरु समेत तय गरिने राष्ट्रिय योजना आयोगले जनाएको छ ।

योजना आयोगले तीन दिनसम्मका लागि आयोजित छलफलमा नेपाल सरकारका मन्त्रालय स्तरमा भएका विकास समस्या समाधान समितिको बैठकका प्रस्तावहरु, विकास समस्या तथा गत बर्षका विकास समस्याहरुको कार्यान्वयनको प्रगतीको अवस्था लगायतका विषयमा छलफल हुने योजना आयोगको योजना तथा अनुगनम मशाहाखा प्रमुख सहसचिव किशोर जोशीले जानकारी दिनु भयो ।

छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सदस्यहरु, सचिव, सहसचिव तथा कार्यक्रम निर्देशकहरु, विभिन्न मन्त्रालयका सचिव सहसचिव लगायतका कर्मचारीहरुको उपस्थिति रहेको योजना आयोगले जनाएको छ ।

प्रि एनड्याक अन्तरगत बुधबार विभिन्न ६ वटा, बिहिबार ७ वटा र शुक्रबार विभिन्न आठ वटा मन्त्रालयहरुको विकास समस्याका विषयमा छलफल हुने कायम रहेको योजना आयोगका सहप्रवक्ता शिवरञ्जन पौडेलले जानकारी दिनु भयो ।