पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बाँकेमा दुई प्रहरी कार्यालय शिल

नवीन गिरी, नेपालगन्ज । कोरोना देखिएपछि  बाँकेमा आज दुई वटा प्रहरी कार्यालय शिल गरिएको छ । 

६ जना प्रहरीलाई कोरोना भएपछि वडा प्रहरी कार्यालय नेपालगन्ज र एक जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएपछि इलाका प्रहरी कार्यालय शिल गरिएको हो । 

आज नेपालगन्ज कारागारका ७ जना कैदी र वडा प्रहरी कार्यालयका ६ जना प्रहरीमा कोरोना देखिएको हो ।