पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सबैभन्दा ठूलो साधारण शेयर निष्काशन गर्ने इन्फ्रास्ट्रक्चर बैंकको तयारी

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले हाल सम्मकै सबै भन्दा ठूलो साधारण शेयर निष्काशन गर्ने तयारी गरको छ ।

८ अर्ब रुपैयाँ बरारको आईपीओ बिक्री गर्ने तयारीमा गरेको बैंकले जनाएको छ ।

बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ८४ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.४० प्रतिशत बढी हो ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ६७ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफामा सुधार देखिएको हो ।

यस बैंकको चुक्ता पूँजी असार मसान्तसम्ममा १२ अर्ब रुपैयाँ रहेको छ । सो अवधिसम्ममा बैंकको जगेडा कोषमा १ अर्ब ६३ करोड रुपैयाँ सञ्चित रहेको पनि बैकले जनाएको छ ।