पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मल्ल राष्ट्रिय फुटबल टिमको गोलकिपर प्रशिक्षक नियुक्त

अजय बम । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विकास मल्ललाई राष्ट्रिय फुटबल टिमको गोलकिपर प्रशिक्षक नियुक्त गरेको छ ।

एन्फाको टेक्निकल कमिटीले मंगलबार राष्ट्रिय टोलीका पूर्व गोलकिपर विकासलाई राष्ट्रिय टिमको गोलकिपर प्रशिक्षक नियुक्त गरेको हो । एन्फाले जापानी प्रशिक्षक हिरो मिट्सुमरुको स्थानमा विकासलाई नियुक्त गरेको हो ।

त्रिभुवन आर्मी क्लबका पूर्व गोलकिपर विकास आफ्नो समयको उत्कृष्ट गोलकिपर हुन् । नेपाली सेनाका मेजर समेत रहनुभएका विकासले २००५ देखि १३ सम्म नेपालका लागि खेल्नुभएको थियो । 

नेपालका चर्चित गोलकिपर उपेन्द्रमान सिंहलाई प्रतिस्थापन गरेका विकासले २००५ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिपबाट डेब्यु गर्नुभएको थियो ।

आर्मी क्लबका पूर्व कप्तान समेत रहनुभएका विकासले एएफसी लेभल–१ गोलकिपर कोचिङ कोर्स, एएफसी ‘सी’ कोचिङ लाइसेन्स र फिफा एमए सर्टिफिकेट प्राप्त गरिसक्नुभएको छ  ।

एन्फाको नियुक्तिसँगै विकास फिफा विश्वकप छनोट र एसियन कप छनोट खेलिरहेको नेपाली टोलिसँग सामेल हुने छन् । नेपाली टोलीले यसै साताबाट प्रशिक्षण थाल्दैछ । कतारमा हुने विश्वकपको छनोटमा अब नेपालले तीन होम खेल खेल्न बाँकी रहेको छ ।