पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

काठमाडौं जिल्ला तेक्वान्दो संघको कार्यावाहक अध्यक्षमा खड्का

काठमाडौं । तेक्वान्दोका अन्तराष्ट्रिय निर्णायक अशोक खड्काले काठमाडौं जिल्ला तेक्वान्दो संघको कार्यावाहक अध्यक्षको जिम्मेवारी पाउनुभएको छ । 

जिल्ला संघको मंगलबार बसेको कार्यसमितिको बैठकले खड्कालाई कार्यावाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसअघिका अध्यक्ष प्रमोद पराजुलीले राजीनामा दिएपछि उक्त पद रिक्त थियो । त्यस ठाउँमा जिल्ला कार्यसमितिका उपाध्यक्ष खड्कालाई अध्यक्षको जिम्मेवारी दिइएको हो । 

पराजुली राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत भक्तपुर जिल्ला खेलकुद विकास समितिमा तेक्वान्दो सहायक प्रशिक्षकका रुपमा कार्यरत हुनुहुन्छ ।

राष्ट्रिय खेलकुद ऐन– २०७७ मा राखेपमा कार्यरत कुनैपनि कर्मचारीले कुनैपनि तहको खेलकुद संघमा बस्न नपाउने प्रावधान रहेको छ । सोही अनुसार पराजुलीले अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।