पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

थप दुई सय ५९ जनामा कोरोना संक्रमण, मृतकको संख्या ५८ पुग्यो

radionepal

बालिका मादेन । आज दुई सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज दुई सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसगै कुल संक्रमितको संख्या २१ हजार ९ जना पुगेको जानकारी दिनुभयो । 

यस्तै काठमाडौ प्रवेशका चार नाकामा १० हजार ८ सय ५३ जनाको परिक्षण गर्दा ४० जना कोरोना संक्रमण पुष्टि भएको प्रा. डा. गौतमले जानकारी दिनुभयो । 

मन्त्रालयका अनुसार आज देशभरी संक्रिय संक्रमितको संख्या ५ हजार ९ सय २५ जना रहेको छ । 

संक्रिय संक्रमितहरु प्रदेश नं. १ मा तीन सय ३४ जना, प्रदेश नं. २ मा दुई हजार ४ सय २७ जना, वाग्मती प्रदेशमा ७ सय १६ जना, गण्डकी प्रदेशमा दुई सय ६३ जना, प्रदेश नं. ५ मा तीन सय ३५ जना, कर्णाली प्रदेशमा दुई सय ९५ जना र सुुदुरपश्चिम प्रदेशमा एक हजार ५ सय ५५जना रहेको प्रा. डा. गौतमले जानकारी दिनुभयो ।

यस्तैगरी आज थप ६५ जना कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किएका छन् । मन्त्रालयका अनुसार हालसम्म संक्रमण मुक्त भई घर फर्किनेको कूल संख्या १५ हजार २६ जना अर्थात ७१ दशमलव ५ प्रतिशत पुगेको छ । 

यसैगरी, कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यृ भएसँगै संक्रमण पुष्टि भई मृत्यृ हुनेको संख्या ५८ पुगेको प्रा. डा. गौतमले जानकारी दिनुभयो ।

संक्रमणबाट मोरङ्ग जिल्ला विराटनगर महानगरपालिका ५ का ७७ वर्षिय पुरुषको हिजो मृत्यृ भएको प्रा. डा. गौतमले जानकारी दिनुभयो ।