पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

निकुञ्जका प्रमुख र सहायक संरक्षण अधिकृत अख्तियारको नियन्त्रणमा

नवीन गिरी, नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत र सहायक संरक्षण अधिकृत स्रोत नखुलेको रकमसहित पक्राउ परेका छन् । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायलाई नगद ३ लाख ४८ हजार नगदसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले नियन्त्रणमा लिएको हो । 

स्रोत नखुलेको रकम लिई कार्यालयको बा २ झ १८७३ नम्बरको गाडीमा यात्रा गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले स्रोत नखुलेको ३ लाख ४८ हजार रुपैयाँ र बिभिन्न मितिको बैंक भौचर ५ लाख ५० हजार गरी कुल ८ लाख अन्ठानब्बे हजारसहित सैनामैना नगरपालिका वडा नम्बर १० रुपन्देहीबाट नियन्त्रणमा लिएको सूचना अधिकारी सुरेश भुषालले जानकारी दिनुभयो । 

उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।