पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

थप चार सय १८ जनामा कोरोना संक्रमण 

radionepal

बालिका मादेन, काठमाडौं । आज चार सय १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज चार सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसगै कुल संक्रमितको संख्या २० हजार ७ सय ५० जना पुगेको जानकारि दिनुभयो । 

मन्त्रालयका अनुसार आज देशभरी संक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ३२ जना अर्थात २७ दशमलव ६ प्रतिशत रहेको छ । 

संक्रिय संक्रमितहरु प्रदेश नं. १ मा २ सय ९० जना, प्रदेश नं. २ मा दुई हजार ३ सय ५७ जना, वाग्मती प्रदेशमा ६ सय ५१ जना, गण्डकी प्रदेशमा  दुई सय ७२ जना, प्रदेश नं. ५ मा तीन सय १५ जना, कर्णाली प्रदेशमा दुई सय ९८ जना र सुुदुरपश्चिम प्रदेशमा एक हजार ५ सय ४९ जना रहेको प्रा. डा. गौतमले जानकारी दिनुभयो ।

यस्तैगरी आज थप तीन सय ५८ जना कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किएका छन् । मन्त्रालयका अनुसार हालसम्म संक्रमण मुक्त भई घर फर्किनेको कूल संख्या १४ हजार ९ सय ६१ पुगेको छ । 

यस्तै मन्त्रालयका अनुसार गम्भीर प्रकृतिको कोरोना भाईरस संक्रमितहरुको उपचारका लागि प्लाज्मा थेरापी विधिबाट उपचार गरिने भएको छ । 

देशभरका १२ ओटा अस्पतालहरुमा प्लाज्मा थेरापी पद्धतिद्धारा उपचार सूरु गरिने नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा प्रदिप ज्ञवालीले जानकारी दिनुभएको छ । 

टिचिङ्ग अस्पतालमा प्लाज्मा थेरापी उपचार पद्धतिद्धारा एक संक्रमित निको भइसक्नुभएको डा ज्ञवालीले बताउनुभयो ।