पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

लुम्बिनी प्रादेशिक अस्पतालमा ३ संक्रमित पुष्टि

रामप्रसाद आचार्य, रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ३ जना पुरुषमा कारोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले कपिलवस्तु, स्याङ्जा र रुपन्देही तिलोत्तमाका ३ पुरुषमा संक्रमण पुष्टि भएको बताउनुभयो । उनीहरुमध्ये कपिलवस्तुका २२ वर्षीय बिरामी अस्पतालमा उपचारका लागि आएका हुन् भने अन्य दुई जना परीक्षणका लागि आएका हुन् । बिरामीको पीसीआर परीक्षणको रिपोर्ट सोमबार आएपछि उपचारमा खटिएका सबै स्वास्थ्यकर्मी क्वारेन्टिनमा बसेको डा. गौतमले बताउनुभयो । संक्रमण पुष्टि भएका व्यक्ति तिलोत्तमाका एकजना औषधिको बिक्रेता हुन् भने स्याङ्जाका संक्रमित विदेशबाट आएका थिए । 

उनीहरु सबैलाई आइसोलेसनमा राखेर उपचार थालिएको र संक्रमण भएको पुष्टि हुने बित्तिकै अस्पताललाई सेनिटाइज गरेर सुरक्षित बनाइसकेको डा. गौतमले जानकारी दिनुभयो ।