पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

थप दुइ सय ४६ जनामा संक्रमण पुष्टि

radionepal

बालिका मादेन, काठमाडौं । आज थप दुइ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा ८ हजार ८ सय ६१ जनामा गरिएको परिक्षणमा दुइ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

संक्रिय संक्रमितहरु  प्रदेश नं. १ मा २ सय ५१ जना, प्रदेश नं. २ मा दुई हजार १ सय ७५ जना, वाग्मती प्रदेशमा ६ सय ६ जना, गण्डकी प्रदेशमा  दुई सय ८७ जना, प्रदेश नं. ५ मा तीन सय ९६ जना, कर्णाली प्रदेशमा दुई सय ९३ जना र सुुदुरपश्चिम प्रदेशमा एक हजार ६ सय ६४ जना रहेको प्रा. डा. गौतमले जानकारी दिनुभयो ।

यसैगरी आज देशका विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरबाट एक सय ११ जना संक्रमण मुक्त भएसंगै संक्रमण मुक्त भई घर फर्किनेको कूल संख्या १४ हजार ६ सय ३ पुगेको छ ।

आज देशभरी संक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ७२ जना रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यसैगरी कोरोना भाईरस संक्रमणबाट थप एकको मृत्यृ भएसँगै संक्रमण पुष्टि भई मृत्यृ हुनेको संख्या ५७ पुगेको छ । 

संक्रमणबाट पर्सा जिल्ला विरगञ्ज महानगरपालिका १६ का ६८ वर्षिय महिलाको हिजो मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यसैगरी, स्वास्थ्य मन्त्रालयले सम्पूर्ण प्रदेश, स्थानीय तह तथा अस्पतालहरुमा आरडिटी परीक्षण नर्गन आग्रह गरेको छ ।

मन्त्रालयले देशका विभिन्न स्थानमा रहेका अस्पतालहरुमा आरडिटी परीक्षणले आकस्मिक तथा अन्य स्वास्थ्य सेवा समेत प्रभावित भएको भन्दै उचित व्यवस्थापन गरी सेवा सञ्चालन गर्न आग्रह गरेको हो । 

मन्त्रालयले काठमाडौ लगायत घना बस्ती भएका स्थानहरुमा ६० वर्ष माथिका जेष्ठ नागरिक र १२ वर्ष मूनीका बालबालिकाहरुलाई घरबाट बाहिर नजान समेत अनुरोध गरेको छ ।