पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

खोलामा डुबेर एक बालकको मृत्यु

विष्णु खनाल, पाल्पा । पाल्पाको रामपुरमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । 

रामपुर नगरपालिका ५ भम्बक स्थित भुलादी खोलामा खेल्ने क्रममा खोलामा पुगेका पूर्वखोला गाउँपालिका ३ अर्खलडाँडा घर भई हाल रामपुर ५ मटेरी डेरामा बस्दै आएका सन्तोष ठाडाको २ वर्षिय छोरा विप्लप ठाडाको ज्यान गएको हो ।

खेतमा धान गोड्न गएका आमा सीता ठाडासंगै बालक पनि खेतमा गएका थिए । आमा धान गोडीरहेको अवस्थामा बालक खोलामा डुबेका हुन् । खोलामा डुबेका बालकलाई उपचारको लागि रामपुर अस्पताल लैजाँदै गर्दा बाटोमा निधन भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।