पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन दिने चालकलाई पक्राउ

अजय कुमार झा, जनकपुरधाम । ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन दिने एक जना चालकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउँ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नंं .९ बयलबास बस्ने वर्ष ३० को राम विश्वास पटेल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

विना कागजपत्र भारतीय नम्बर प्लेटको स्कार्पीयो सहित आज जनकपुरधाम तर्फ आईरहेको बेलामा जनकपुर ढल्केवर सडक खण्डको लक्ष्मीनिया गाउँपालिका वडा नंं ७ लक्ष्मीनिया चोकवाट ट्राफिकले काजगपत्र नपाएपछि पक्राउ गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालयमा पठाएपछि २ हजार नगद रकम घुस दिन खोज्दा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनु भयो ।

चालक पटेलले गाडी छाड्नका लागि पटक पटक आग्रह गर्दै प्रहरीलाई दिन खोजेको दुई हजार नगद र वि आर ०६ पी ई ०६५८ नम्बरको स्कार्पियो नियन्त्रणमा लिइएर आवश्यक अनुसन्धान गर्ने काम भईरहेको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिनु भयो ।

गाडी सहित घुस दिन खोज्ने चालकको विषयमा थप अनुसन्धान गर्ने काम भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।