पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जापनिज हतियार र नगदसहित विप्लवका १० नेता पक्राउ

रामप्रसाद आचार्य, रुपन्देही । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरु हतियार र नगदसहित पक्राउ परेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले शुक्रवार बुटवल १९ रानीगञ्जबाट पक्राउ पर्ने उनीहरुसंग मेड इन जापान नं एक्सएक्स ३२ लेखिएको एकथान पेस्तोल र दुई थान गोली बरामद गरेको बताउनुभयो । त्यसैगरी थप आठ राउण्ड गोली तथा विभिन्न कम्पनीका ६ वटा मोबाइलसमेत बरामद गरिएको उहाँको भनाइ छ । 

प्रहरीले उनीहरुको साथबाट एक लाख ६८ हजार ४ सय ५ नगद रकम र नेकपा माओवादी विप्लव समूहका महत्वपूर्ण कागजात समेत बरामद गरेको जनाएको छ । 

पक्राउ पर्नेहरुमा उक्त पार्टीका रुपन्देही इन्चार्ज संगम भन्ने टेकबहादुर पुनसंगै १० जना रहेका छन् ।