पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

वडाध्यक्षमाथि कुटपिट गर्ने ७ युवक धरौटीमा रिहा

हरिश्चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ को वडा कार्यालयमा तोडफोड र वडाध्यक्ष बहादुर सिंह महरामाथि कुटपिट गर्ने ७ जना युवकहरुलाई धरौटीमा रिहाइ गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेका ७ युवकहरुलाई जनही ५ हजार रुपैयाँ धरौटी लिएर रिहाई गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले जानकारी दिनुभएको छ । 

रिहाई हुनेमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ का नारद ठगुन्ना, बसन्त ठगुन्ना, कमान सिंह ठगुन्ना, बिनोद ठगुन्ना, नवीन ठगुन्ना, आनन्द सिंह ठगुन्ना र लोकेन्द्र ठगुन्ना रहेको बताइएको छ । 

गत आइतबार कार्यालय समयमा सेवाग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण र राष्ट्रिय परिचय पत्रको काम भइरहेको बेला नेपाल तरुण दलका वडा सभापति नारद ठगुन्नाको नेतृत्वमा वडा कार्यालयमै आएका ती युवकहरुले वडाध्यक्ष महरालाई कुटपिट गरेका थिए ।