पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको शेयर विक्री खुल्ला

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको करिब ३४ करोड रुपैयाँ बराबरको आईपीओ शुक्रवारबाट सर्वसाधारणका लागि बिक्री खुल्ला भएको छ । 

कम्पनीले हाल कायम जारी पूँजी एक अर्ब १३ करोड २६ लाख रुपैयाँको ३० प्रतिशत अर्थात ३३ करोड ९८ लाख ४६ हजार रुपैयाँ बराबरको आईपीओ शुक्रबारबाट निष्काशन खुला गरेको हो ।

कम्पनीले साउन १६ गतेदेखि प्रतिकित्ता १०० अंकित दरका कुल ३३ लाख ९८ हजार ४६ कित्ता साधारण शेयर निष्काशन गरेको हो । शेयर किन्नका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म आवेदन दिन सकिनेछ । निष्काशन छिटोमा साउन २१ गते र  ढिलोमा भदौ ३ गते बन्द हुनेछ ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार शुक्रबार साँझ साँढे ४ बजेसम्ममा २३ करोड ८१ लाख ३८ हजार रुपैयाँ बराबरको २३ लाख ८१ हजार २३० कित्ता शेयर किन्नको लागि आवेदन परेको छ ।