पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

खनिजजन्य पदार्थको व्यवस्थित प्रयोगको लागि विधेयकको तयारी

भुवनप्रसाद आचार्य । सरकारले मुलुकका खानी तथा खनिजजन्य पदार्थको समूचित र व्यवस्थित प्रयोगको लागि नयाँ विधेयक तयार पारी संघीय संसदमा लैजाने तयारी गरेको छ । 

सरकारले यस अघि नेपालमा खानी तथा खनिज पदार्थ सम्बन्धी विधेयक २०४२ सालमा ल्याएको थियो । त्यो विधेयक निकै पुरानो र समयानुकुल नभएकोले त्यो विधेयकलाई प्रतिस्थापन गर्ने गरी नयाँ खानी तथा खनिजपदार्थ सम्बन्धी विधेयक तयार पारेको उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयले जनाएको छ ।

मस्यौदा विधेयकले स्वदेशी तथा विदेशी लागनीकर्ताहरुलाई नेपालको खानी तथा खनिज पदार्थमा आधारित उद्योगमा लगानी गर्न र उद्योगलाई प्रर्वद्धन गर्ने मुख्य उद्देश्य राखेको छ ।

पछिल्लो समय मुलुकमा सिमेन्ट, फलाम, चुनढुडंगा, पेटोलियम पदार्थ पस्फोराइट तथा मूल्यवान तथा अर्धमूल्यवान पत्थर जस्ता खानीमा आधारित उद्योगहरुलाई अघि बढाउन विधेयकले सहयोग गर्ने गरी प्रताव गरिएको र विधेयक संसदमा दर्ताका गर्न स्वीकतकिा लागि मन्त्रिपरिषदमा पेश गर्ने तयारी भएको उद्योग सचिव चन्द्रकुमार घिमिरेले जानकारी दिनु भयो ।