पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

भालुको आक्रमणबाट तीन जना गम्भीर घाईते

टेकराज भण्डारी, अछाम । अछाममा भालुको आक्रमणबाट तीन जना गम्भीर घाईते भएका छन् । जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ६ भटाकाटियाका ३० वर्षीय दान बहादुर साउद, सोही ठाउँका २२ वर्षीय का टेक बहादुर साउद र वडा नम्बर ५ तल्लो पातलका ७५ वर्षका भैरे बटाला गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । 

उनीहरुको अनुहार, खुट्टा, कम्मर लगायतका ठाउँमा चोट लागेको र वयालपाटा अस्पतालमा उपचार भैरहेको सुचना अधिकारी प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।

शुक्रबार दिउँसो वडा नम्बर ६ को कालपोखरा जंगलमा घाँस, दाउरा काट्नको लागि गएको बेला उनीहरुलाई जंगली जनावर भालुले चिथोरी घाईते बनाएको थियो । स्वास्थ्य चौकी भाटाकाटियामा सामान्य उपचार पछि थप उपचारका लागि न्याय हेल्थ नेपाल, बयलपाटा अस्पतालमा लगिएको हो ।