पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

६० वर्ष नाघेका वृद्धवृद्धालाई ‘भिटामिन सी’ वितरण शुरु

संजीव विक्रम शाह, राजविराज । तिलाठी कोइलाडी गाउँपालिकाले ६० वर्षमाथिका वृद्धवृद्धालाई भिटामिन सी वितरण गर्न थालेको छ ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण कार्यक्रम अन्तर्गत वृद्धवृद्धालाई भिटामिन सी वितरण गर्न थालिएको हो ।

रोग प्रतिरोधी क्षमता अभिवृद्धिका लागि उक्तऔषधि वितरण गर्न थालिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शैलेशकुमार मिश्रले जानकारी दिनुभयो । विश्वब्यापी रुपमा बढिरहेको कोरोना भाईरसबाट दीर्घरोगी र वृद्धवृद्धालाई बढी जोखिम देखिएपछि उनीहरुको सुरक्षा गर्न यस्तो कार्यक्रम ल्याईएको उहाँको भनाई छ ।

वडा नं. ७ बाट शुरु भएको भिटामिन सी वितरण कार्यक्रम गाउँपालिकाका ८ वटै वडामा पुर्याइने मिश्रले बताउनुभयो । गाउँपालिकामा कुल १ हजार ६ सय ४ जना वृद्धवृद्धा रहेको गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिनुभयो ।