पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सल्यानमा १५ संक्रमित निको, ८ जना आइसोलेसनमा

दिपक शर्मा, सल्यान । सल्यानमा कोरोना भाइरस संक्रमित निको भएर १५ जना घर फर्किएका छन् । शुक्रबार लुहापिङ आइसोलसेनबाट १२ जना र बनगाड कुपिण्डे नगरपालिकाको आइसोलेसनबाट ३ जना गरी १५ जनाले कोरोना जितेर घर फर्किएका हुन । 

कोरोना निको भएर घर फर्किनेमा कुमाख गाउँपालिकाका एक महिला सहित ६ जना, बनगाड कुपिण्डे नगरपालिकाका ३, बागचौर नगरपालिकाका २, शारदा नगरपालिकाका २, कालिमाटी गाउँपालिकाका १ र दार्मा गाउँपालिकाका १ जना रहेको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ । 

शुक्रबारसम्म कोरोना जितेर घर फर्किनेको संख्या २ सय ४० पुगेको स्वास्थ्य कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताए । अब बाँकी ८ जनाको आइसोलनमा उपचार भइरहेको उनको भनाई छ । लुहापिङ आइसोलसनमा ५ जना र बनगाड कुपिण्डे नगरपालिकाको आइसोलेसनमा ३ जनाको उपचार भइरहेको पुनको भनाई छ । 

स्वास्थ्य कार्यालयका अनुसार सल्यान अस्पतालबाट ९, आइसोलेसन कक्ष लुहापिङबाट १ सय ७८, बनगाड कुपिण्डे नगरपालिकाको आइसोलेसनबाट २४, कुमाख गाउँपालिकाको क्वारेनटाइनबाट ३, छत्रेश्वरी गाउँपालिका क्वारेनटाइनबाट २ जना निको भएर घर फर्किसकेका छन् । 

त्यस्तै प्रदेश अस्पताल सुर्खेतमा १३ र मिसन अस्पताल चौरजहारीबाट ११ जना गरी २ सय ४० जना कोरोना जितेर घर फर्किएका छन् ।