पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रहरीले थाल्यो भोजपुरमा ‘तपाईको मास्क खै’ अभियान 

निरोज कोइराला, भोजपुर । पछिल्लो समयमा नेपालमा कोरोना संक्रमितको संख्या बढन थाले पछि पूर्वी पहाडी जिल्ला भोजपुरमा सचेतनाका लागि ‘तपाईको मास्क खै’ अभियान शुरु गरेको छ ।

लकडाउन खुकुलो भए पनि कोरोना सं्रक्रमणको जोखिम झन बढन थालेको भन्दै भोजपुरमा प्रहरीले मास्क अभियान शुरु गरेको हो । मास्क नलगाई यात्रा गर्ने सर्वसाधारणलाई सचेत गराउनका लागि जिल्ला प्रहरी कार्यालयको अगुवाईमा ‘तपाईको मास्क खै’ अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी प्रहरी निरीक्षक प्रदिप लामाले जानकारी दिनु भयो ।

प्रहरीले सदरमुकाम र आसपासका मूख्य बजार क्षेत्रमा सर्वसाधारण र सवारीचालकलाई मास्क वितरण सहित यो अभियान शुरु गरेको छ । मास्क प्रयोग नगरी हिँड्ने सर्वसाधारणलाई अनिवार्य रुपमा लगाउन अनुरोध गर्दै प्रहरीले सचेतनामूलक अभियान समेत थालेको प्रहरी निरीक्षक लामाको भनाई रहेको छ ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मास्क नलगाई सडकमा यात्रा गरिएको भेटिएमा प्रहरीले कारबाही समेत गर्ने बताएको छ । सदरमुकाम लगायत मुख्य सडक खण्ड र बजार क्षेत्रहरुमा सर्वसाधारणको भिड बढ्न थालेपछि नेपाल रेडक्रस सोसाइटी, सुआहारा र स्थानीय सरोकारवालाको सहकार्यमा प्रहरीले अभियान थालेको छ ।

भोजपुरमा हतुवागढी गाउँपालिका वडा नम्वर ६ का एक जना र जिल्लाको षडानन्द नगरपालिकाका ५ जनामा यस अघि कोरोना पुष्टी भएको थियो भने उनीहरु हाल निको भएर घर फर्किसकेका छन । अहिले भोजपुरमा संक्रमितको संख्या नदेखिएकाले भोजपुर कोरोना मुक्त जिल्ला समेत भएको छ ।