पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

स्वास्थ्यकर्मीमा कोभिड–१९ सङक्रमण देखिएपछि ओपिडी सेवा बन्द 

radionepal

कुुमोद अधिकारी, विराटनगर । विराटनगर स्थित कोशी अस्पतालमा  कार्यरत स्वास्थ्यकर्मीमा कोभिड–१९ सङक्रमण देखिएपछि  आजदेखि सो अस्पतालको ओपिडी सेवा बन्द भएको  छ ।

अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमा सङक्रमण पुष्टि भएपछि अस्पताललाई सेनिटाइज गर्नुपर्ने भन्दै  अर्को सूचना जारी नहुन्जेलसम्मका लागि ओपीडी सेवा बन्द गरिएको अस्पतालका  मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनु भयो ।
        
अस्पतालमा विरामीको अत्याधिक भीड हुनाले समुदायमा सङक्रमण नफैलियोस् भनेर ओपीडी सेवा बन्द गरिएको हो । यसअघि अस्पतालका एक चिकित्सक र स्टाफ नर्समा सङक्रमण देखिएको थियो । 
    
अस्पतालबाट दैनिक सात सय विरामीले स्वास्थ्य सेवा प्राप्त गरिरहेका थिए । ओपिडी सेवा बन्द भएपनि आकस्मिक सेवा र  फिभर क्लिनिक सूचारु रहेको डा दासले बताउनु भयो । अस्पतालले गेटमै ओपीडी सेवा बन्द भएको सूचना टाँस गरिएको छ ।