पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

वीरगंज हेल्थ केयर अस्थायी कोभिड अस्पतालको रुपमा संचालन हुने 

radionepal

ध्रुव अधिकारी, वीरगंज । नारायणी अस्पतालको व्यवस्थापनमा संचालन हुने गरी वीरगंज हेल्थ केयर अस्थायी कोभिड अस्पतालको रुपमा संचालनमा आउने भएको छ । 

वीरगंज हेल्थ केयर अस्पताल संचालक समितिले आज जिल्ला संकट व्यवस्थापन केन्द्र पर्सालाई अस्थायी कोभिड अस्पताल संचालनको लागि दिने निर्णय गरेको अस्पतालका कार्यकारी निर्देशन डा.अबुलेश अन्सारीले बताउनुभयो । 

वीरगंजमा कोरोना संक्रमितहरु उपचार नपाएर होम आईसोलेशनमा बस्नु पर्ने बाध्यता सृजना भएपछि स्वास्थ्य मन्त्रालयले निर्णय गरे बमोजिम नारायणी अस्पताल वीरगंजको व्यवस्थापनमा रहने गरी वीरगंज हेल्थ केयर अस्थायी रुपमा कोरोना संक्रमितको उपचारको लागि उपलब्ध गराईएको डा.अन्सारीले बताउनुभयो ।

यस अघि नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पताल संचालनमा आएको भए पनि सो अस्पतालले विरामी चाप थेग्न नसकेपछि वीरगंजमा समस्या भएको थियो । वीरगंज हेल्थ केयर कोभिड अस्पतालको रुपमा सचालनमा ल्याउन स्वास्थ्य मन्त्रालय र केन्द्रिय संकट व्यवस्थापन केन्द्र समक्ष निर्णयका लागि सिफारिस गरि पठाईएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीले बताउनुभयो । 

नारायणी अस्पतालको व्यवस्थापनमा संचालन हुने गरी स्वास्थ्य मन्त्रालयको पत्र चाडै आउने समेत प्रमुख जिल्ला अधिकारी कार्कीले बताउनुभयो ।