पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सप्तरीमा थप दुई जनामा कोरोना संक्रमण देखियो

दिनानाथ  यादव, सप्तरी । सप्तरीमा विहिवार दुई जना कोरोना संक्रमित थपिएका छन् । विराटनगर स्थित कोशी अस्पताल प्रयोगशालामा गरिएको परिक्षणका क्रममा खडक नगरपालिका १० का ५६ वर्षीय पुरुष र २२ वर्षीय महिलाको रिपोर्ट पोजेटिभ आएको छ । कोशी अस्पतालको साउन १२ गतेको रिपोर्ट ढिलो गरी प्राप्त भएको हो । यो सँगै सप्तरीमा संक्रमितको संख्या ४६६ पुगेको छ ।

यस अघि नै संक्रमितको संख्या ४६६ पुगे पनि त्यस मध्ये पहिला नै गणना भएका २ जनालाई दोस्रो पटक कोरोना संक्रमण भएको पाईएपछि जम्मा संख्या ४६४ कायम गरिएको थियो । पछिल्लो पटक दुई जनाको रिपोर्ट पोजेटिभ आएपछि जम्मा संख्या ४६६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले वताउनुभयो  ।