पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपालमा पहिलो पटक पार्क भलिबल प्रतियोगिता हुने

radionepal

अजय वम, काठमाडौँ । नेपालमा पहिलोपटक पार्क भलिबल प्रतियोगिता हुने भएको छ । ढोरपाटन क्लबले असोज दोस्रो साता ४० वर्षमाथिको पार्क भलिबलको भेट्रान प्रतियोगिता आयोजना गर्न लागेको हो ।

ढोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्यालले कोरोनाको असर सामान्य भएको अवस्थामा मात्रै प्रतियोगिता आयोजना गरिने जानकारी गराउनुभयो ।  कोभिड–१९ को महामारीले विश्वसँगै नेपाल पनि अछुतो रहन सकेको छैन । प्रतियोगिता १० देखि १५ असोजसम्म नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा हुनेछ ।

पार्क भलिबलमा चार–चार जनाबीच खेल हुनेछ । खेल लिग कम नकआउटका आधारमा हुनेछ । प्रतियोगिताको विजेताले १ लाख रुपैया हात पार्नेछ । दोस्रो हुनेले ६० हजार तथा तेस्रो हुनेले ३० हजार रुपैया हात पार्नेछन् । चौथो स्थान हासिल गर्नेलाई पनि १५ हजार रुपैया प्रदान गरिने छ ।