पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

रेडियो नेपालको कार्यकारी निर्देशक पदमा केसीको पदभार ग्रहण

radionepal

काठमाडौं । रेडियो नेपालको कार्यकारी निर्देशक पदमा बुद्धिबहादुर  केसीले आज पदभार ग्रहण गर्नु भएको छ ।रेडियो नेपाल केन्द्रिय कार्यालय सिंहदरवारमा पदभार ग्रहण गर्नुहुदै नवनियुक्त कार्यकारी निर्देशक केसीले रेडियो नेपालको प्रसारण पहुँच विस्तारको कार्यलाई प्राथमिकतामा राखेर अगाडी बढ्ने बताउनु भयो ।

उहाँले रेडियो नेपालबाट प्रसारण हुने समाचार तथा कार्यक्रमहरुलाई लोकप्रिय, विश्वासनीय र प्रभावकारी बनाउन दत्तचित्त भएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।नवनियुक्त कार्यकारी निर्देशक केसीले रेडियो नेपालको प्रसारणलाई प्रभावकरी बनाउन आवश्यक आर्थिक, प्रशासनिक र प्राविधिक कार्यसहीत रेडियो नेपालले राखेका लक्ष्य पुरा गर्न लागि पर्ने पनि बताउनु भयो ।

नेपाल सरकारले साउन १२ गते सोमबार रेडियो नेपालका नायब कार्यकारी निर्देशक केसीलाई खुला प्रतिस्पर्धामार्फत कार्यकारी निर्देशक पदमा नियुक्त गरेको थियो ।उहाँलाई रेडियो नेपालका नायव कार्यकारी निर्देशकहरु अशोक बास्कोटा र कृष्ण कोइरालासहित कर्मचारीहरुले स्वागत गर्नु भएको थियो ।


नवनियुक्त कार्यकारी दिर्नेशक केसी २०४९ सालमा रेडियो प्रसारण केन्द्र दिपायलबाट रेडियो नेपालमा सेवा प्रवेश गर्नुभएको थियो ।
रेडियो नेपालका नवनियुक्त कार्यकारी निर्देशक केसी पूर्वाञ्चल विश्व विद्यालयबाट पत्रकारीता तर्फको स्नातकोत्तर तहको गोल्ड मेडलिष्ट समेत हुनुहुन्छ ।