पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राखेप सदस्य सचिव सिलवालद्वारा पद तथा गोपनियताको सपथ

अजय बम । राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्यसचिव रमेश कुमार सिलवालले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

बुधबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री जगतबहादुर सुनार विश्वकर्माको उपस्थितीमा सचिव रामप्रसाद थपलियाले सदस्यसचिवलाई सपथ खुवाउनुभएको हो । सिलवालसँगै परिषद्का उपाध्यक्षमा नियुक्त हुनुभएका शिव कोइरालाले पनि सपथ लिनुभएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सदस्य सचिव र उपाध्यक्ष नियुक्त गरेको थियो । गत वर्ष रमेश कुमार सिलवाल परिषद्को सदस्य सचिवमा नियुक्त हुनुभएको थियो । 

तर, नयाँ खेलकुद विकास ऐन लागु भएपछि सिलवालको कार्यकाल एक वर्ष पनि पूरा हुन नपाउँदै पदमुक्त हुनुभएको थियो । नयाँ खेलकुद विकास ऐनले सदस्य सचिवको कार्यकाल चार वर्षको हुने उल्लेख गरेको छ ।